Section 20
पुन नाम दर्ता गर्ने
(१) दफा १८ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिमको अभियोगमा कुनै दर्तावाला फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाइएकोमा
त्यसरी हटाइएको मितिले कम्तीमा एक वर्षपछि सम्बन्धित व्यक्तिले मनासिब माफिकको कारण खोली पुन नाम दर्ताको लागि दफा १२ बमोजिम परिषद्मा दरखास्त दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुन नाम दर्ताको लागि दरखास्त दिएमा परिषद्ले त्यस्तोदरखास्तवालाको नाम पुन दर्ता गर्न मनासिब देखेमा पुन नाम दर्ता गर्ने निर्णय गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परिषद्ले दरखास्तवालाको नाम पुन दर्ता गर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा पुन दर्ता गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा पुन नाम दर्ता भएको प्रमाणपत्र दिनु पर्नेछ ।